एकैदिन बहराइनमा २७ ,यूएईमा ६, कुवेतमा १ नेपाली संक्रमित

0

बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ ।

थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको छ।  उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ। त्यस्तै शुक्रबार यूएईमा ६ र कुवेतमा थप एक नेपाली संक्रमित भएको पुष्टि भएको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ।

Leave a Reply