हिँडेर गाउँ जान नदिन प्रधानमन्त्रीको निर्देशन

0

प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर गाउँ जान नदिन र खान समस्यामा परेकालाई खानाको व्यवस्था गर्न निर्देशन दिएका छन्। लकडाउनको बेला मानिसहरू हिँडेरै आफ्नो गृह जिल्ला गइरहेका बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्य बोलाएर छलफल गरेका थिए।

बैठकले पैदल घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने पहिलो विकल्प अघि सारेको थियो भने जसरी घर जान चाहनेलाई उच्च सुरक्षा व्यवस्थासहित जिल्ला सदरमुकामसम्म पुर्‍याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने अर्को विकल्प पनि प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो।

Leave a Reply