राहतको चामल जनप्रतिनिधिले घर लगेपछि…

0

लकडाउनको बेला सरकारले राहतका लागि पठाएको चामल काठमाडौ बूढानीलकण्ठ नगरपालिका वडा नं ९ जनप्रतिनीधि पर्शुराम कार्कीले आफ्नै घरमा लगेको पाइएको छ। गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका वडा सदस्य कार्कीले राहतका लागि आएको जिरा मसिनो चामल ६ बोरा आफ्नै घरमा लगेका हुन्।

गत चैत २८ गते शुक्रबार नयाँ कोलोनीस्थित बिजी ड्राइभिङ सेन्टरमा दिनभर राहात बाँडिएपछि बाँकी रहेको चामल वडा कार्यालयमा थन्क्याउन लगेका बेला कार्कीले आफ्नो घरमा ६ बोरा चामल लगेका थिए। भोलिपल्ट वडा कार्यालयमा रहेको सिसी टिभी फूटेजमा कार्कीले चामल गाडीमा लोड गरेको देखिएपछि उनलाई कार्यालयमा बोलाएर माफी माग्न लगाइएको थियो।

सो वडाका एक उपभोक्ता समितिका सदस्यका अनुसार वडा सदस्य बनेका कार्कीले २५ केजी प्याकेटको जिरा मसिनु ६ बोरा चामल सोही रात आफ्नो घरमा लगेर झारेछन्। २५ केजीवाला ४४ बोरा चामल फिर्ता पठाइएको थियो। साथमा उग्रिएको दाल, तेल, साबुन र अन्य खाद्यपदार्थहरु पनि थियो। तर कार्कीले चामल मात्रै घरमा लगेका थिए।

सो वडा कार्यालयमा करिब ८ सय नागरिकलाई राहत वितरण गर्ने कार्यक्रम तय भएको थियो। त्यसपछि उनलाई स्पष्टिकरण समेत सोधिएको थियो । वडा कार्यालयमा स्पष्टिकरण सोधेपछि गल्ती स्वीकार गरी माफी मागेका थिए। Source: nagariknews.com

Leave a Reply