नेपालमा एकैदिन १४ जना संक्रमित थपिए

0

नेपालमा शुक्रबार एकैदिन १४ जना संक्रमित थपिएका छन ।  उदयपुरमा १२ जना भारतीयमा संक्रणको पुष्टिभएकै दिन चितवनमा पनि दुईजना संक्रमित भेटिएपछि नेपालमा संक्रमितको सङख्या ३० पुगेको हो । यसको स्वास्थ्य मन्त्रालयले भने अझै आधिकारिक पुष्टि गरेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दिउँसको प्रेस बिफ्रिङपछिमात्रै काठमाडौँस्थित केन्द्रिय प्रयोगशालामा यसको परिक्षण भएकाले  यसबारे केहिबेरमा औपचारिक जानकारी दिने तयारी भएको बताउनुभयो ।

शुक्रबार थपिएका १४ संक्रमित मध्ये १२ जना उदयपुरको त्रियुगा ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका  भारतीय नागरिक हुन भने दुईजना  चितवन राप्ती नगरपालिकाको ब्रम्हनगरका बेलायतबाट फर्केका आमाछोरा हुन । आमा ६५ वर्षकी छन भने छोरा २४ वर्षिय छन । Source: tvannapurna.com

Leave a Reply