‘कोरोना बिरुद्धको युद्धमा हामीले जितेर फर्किन्छौ’ डा.पौडेल

0

सरकारी छात्रवृत्तिमा पढिरहेका डा.राजेन्द्र पौडेल सहित ३३ जना आवसीय चिकित्सक जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पुगेका छन् । कोरोना भाइरस बिरुद्धको अभियानमा सरकारले यति एयरको जहाज चार्टर्ड गरी सुदूरपश्चिम पठाउँदा डा. पौडेलमा कुनै डर छैन् ।

सरकारले कोरोनाको संक्रमण फैलिन नदिने सुदूरपश्चिमका विभिन्न जिल्लामा पठाएका चिकित्सकले कोरोना बिरुद्धको यूद्धमा होमिएको बताएका छन् । एमडिएमएस दोस्रो वर्षका विद्यार्थी समेत रहेका डा. पौडेलले कोरोना उपचार र रोकथाममा देशलाई आफुँहरुको आवश्यकता रहेकाले खटिएको बताए।

‘यूद्धको मैदानमा आर्मी लडेजस्तै हो,‘यो यूद्धमा भाइरसलाई पराजित गरी फर्किन्छौ’ डा. पौडेलले बेनीअनलाइनलाई भने । उनले यूद्धको मैदानमा आवश्यक पर्ने सम्पूर्ण हतियारको प्रयोग गरी सर्वसाधारणलाई कोरोनाको संक्रमण हुनबाट जोगाउन स्वास्थ्यकर्मीलाई समेत थप उर्जा थपिने बताए ।

उनले ३३ जना खटिएकोमा सेती प्रादेशिक अस्पताल, कञ्चनपुर, डडेलधुरा,दार्जुलामा,कैलालीको टीकापुर,बझाङ लगायतका जिल्लामा खटिएका छन् । जनशक्ती कम हुदाँ एउटैले धेरै समय काम गर्नुपर्ने अवस्थामा एकैपटक ३३ जनाको टोली परिचालन हुदाँ आराम गर्न पाउने, जोखिमको पहिचान गरी सजिलै उपचारमा सघाउने, स्वास्थ्यकर्मीको मनोबल बढ्ने डा. पौडेलको भनाई छ ।

‘कोरोना बिरुद्धको यूद्धमा घाईते नहुने गरी काम गछौ,‘उपचारको क्रममा संक्रमण नै देखिए त्यसको सामाना गर्न तयार छौ’ डा. पौडेलले भने । पश्चिम म्याग्दीको प्राथमकि स्वास्थ्य केन्द्रम २ बर्ष प्रमुखको रुपमा कार्यरत डा. पौडेलले प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल उपचारमा समेत सक्रियता देखाएका थिए ।

Leave a Reply