नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

0

नेपालमा कोरोना संक्रमितको ग्राफ बढेर जादाँ निको भएर घर फर्कनेको सङ्ख्या पनि थपिएको छ । पहिलो संक्रमित निको भएर घर फर्किएको दुईहप्तापछि संक्रमित पुष्टि भएकी नेपालकी दोस्रो संक्रमित पनि शनिबार निको भएर घर फर्किएकी छन ।

ती युवतीमा चैत्र १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । २६ दिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बसेकी उनि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिदैं बालुवाटस्थित आफ्नो घर फर्किएकी छन ।

उनीसँगै कतार एयरवेजको क्यु आर ६५२ विमानमार्फत कतार हुदैं नेपाल आएका थप दुईंजनामा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि अहिले उनिहरु बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिरहेका छन । जसमध्ये एकजनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएकाले थप रिपोर्ट पनि नेगेटिभ देखिए उनलाई समेत निको भएको पुष्टि हुनेछ । tvannapurna.com

Leave a Reply