कोरोनाको संक्रमणबाट यूरोपेली मुलुक नेदरल्याण्डमा एक म्याग्देलीको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आउनुभएकी ४० बर्षिया लक्ष्मी भट्टचनको उपचारको क्रममा मृत्यु भएको हो ।

भट्टचन चिकित्सकको सल्लाह अनुसार विगत एक महिनादेखि होम क्वारेन्टाइनमा बसेको अवस्थामा अवस्था जटिल भएपछि अस्पतालमा उपचार भइरहेका बेला निधन भएको  मोना आइसीका बरिष्ठ उपाध्यक्षम मिम पूर्जाले बेनीअनलाइनलाई बताउनुभयो ।

‘उहाँको निधनले स्तब्ध भएका छौ,‘एक सामाजिक महिलालाई गुमाउन परेको छ’ पूर्जाले भन्नुभयो । भट्टचनको निधनले मोनाको अभियानमा अपुरणीय क्षती पुगेको बताउँदै कोरोना भाइरसबाट जोगिन सम्पूर्ण म्याग्देलीलाई अपिल समेत गर्नुभएको छ।  मृतक म्याग्देलीको साझा संस्था मोना नेदरल्याण्डका बरिष्ठ उपाध्यक्ष भरत भट्टचनकी श्रीमति हुनुहुन्छ ।

विश्वभर रहेका म्याग्देलीहरुलाई केही समय घरभित्रै बसेर कोरोनाको संक्रमणबाट जोगिन आवश्यक सर्तकता अपनाउ पूर्जाले जोड दिनुभयो । मृतक भट्टचनको माइती मंगला गाउँपालिका–५ अर्मनको टिकावाङ हो । विगत १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएको बताइएको छ । विश्वमा धेरै संक्रमित भएका देशहरुमा म्याग्देलीको बसोबास रहेको छ । केही देशमा म्याग्देली समेत कोरोनाबाट संक्रमित भएको जानकारी आएपनि आधिकारिक पुष्टी हुन सकेको छैन् ।