कोरोनाको संक्रमणबाट यूरोपेली मुलुक नेदरल्याण्डमा एक म्याग्देलीको निधनभएपछि मोना नेदरल्याण्डले समाजले गहिरो दुख व्यक्त गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी ४० वर्षीया लक्ष्मी भट्टचनको असामयिक निधनले हामीलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको अध्यक्ष जंगबहादुर पुनले बताउनुभयो ।

उपचारको क्रममा भएको भट्टचनको निधनले मोनाको अभियानमा अपुरणीय क्षती पुगेको बताउँदै महामारी कोरोनाबाट जोगिन आवश्यक सुरक्षा अपनाउन समेत सम्पूर्ण म्याग्देलीलाई अपिल गर्नुभएको छ ।

‘हामीलाई स्तब्ध बनाउने खवर आएको छ,‘अझैपनि धेरै जोखिम भएकाले घरभित्रै बस्न अपिल गछौ’ अध्यक्ष पुनले भन्नुभयो । मोना नेदरल्याण्डका बरिष्ठ उपाध्यक्ष भरत भट्टचनकी धर्मपत्नी समेत रहेकी भट्टचनको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने अवस्था नभएको बताउँदै म्याग्देलीको अभियानमा उहाँको योगदानको कुनै समयमा चर्चा गर्ने बताउनुभयो ।

दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होओस् भन्ने कामनाका साथ हार्दिक समवेदना साथै धैर्यधारणा गर्ने क्षमताको लागि प्रार्थना गदैं परिवारका हरेक दुखसुखमा मोना साथमै रहेका समेत अध्यक्ष पुनले बताउनुभयो । विश्वभर रहेका म्याग्देलीहरूलाई मोना आइसीले विभिन्न माध्यमबाट समेत सुरक्षित रहन अपिल समेत गर्ने गरेको छ ।

विज्ञापन