मन्त्रिपरिषद् वैठक : पार्टी फुटाउन ४० प्रतिशत बहुमत देखाउनु पर्ने अध्यादेश ल्याउने निर्णय

0

मुलुक कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउनमा गएको बेला सरकारले भने पार्टी फुटाउन सक्ने अवस्था र हैसियतको बारेमा व्याख्या गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा जारी मन्त्रिपरिषद्को वैठकले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने ल्याउने निर्णय गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा दुई अध्यक्षबीच मतभेद बड्दै गइरहेको समाचारहरु सार्वजनिक भइरहेको अवस्थामा ल्याउन लागेको यो अध्यादेशलाई अर्थपूर्णरुपमा हेरिएको छ । वैठकमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था र जारी लकडाउनको विषयमा पनि समीक्षा भइरहेको बताइएको छ । वैठकमा सहभागी हुन प्रधानमन्त्री ओली हिंडेर सचिवालयसम्म पुग्नु भएको थियो ।

Leave a Reply