असिनापानीले किसानको खेतीपाती सखाप

0

कोरोना भाइरसको त्रासले ग्रामिण क्षेत्रमा समेत मानिसहरू घरभित्रै बन्दीजस्तै बनिरहेको अवस्था छ । गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा समेत मान्छेहरु कमै उपस्थित हुन्छन् । खेतबारीमा भित्राउने तयारीमार रहेका अन्नबालीहरुलाई लकडाउन सकिएपछि भित्राउने योजना बनाएका बेनी नगरपालिका–३ भकिम्ली तोराखेतका कृषक सोमबार परेको असिनापानीले निरास भएका छन् । लकडाउनले सहरबजारमै खाद्यान्नको अभाव भइरहेको अवस्थामा घरआगनदेखि खेतबारीसम्मको सबै अन्नबाली, तरकारी खेती उठाउनै नमिल्ने गरी असिनापानीले क्षती पुगेपछि गाउँले निरास भएको स्थानीय तोपबहादुर खत्रीले बेनीअनलाइनलाई बताए ।

‘असिनापानीले सखाप पारेको छ,‘खेतबारी नै सेताम्मे छ’ खत्रीले भने । उनका अनुसार भिषणबर्षासँगै परेका बाख्लो असिनापानीको क्षतीको विवरण संकलन गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । भिषण बर्षासँगै परेको असिनापानीले लाखौंको अन्नबाली नष्ट भएको छ । उनका अनुसार गहुँ, केराउ, सुन्तला लगायत तरकारी खेतीमा क्षती पुगेको छ ।

‘करिब ७० प्रतिशत खेतीपाती सखाप भएको छ,‘हरेकबर्ष असिनाले कृषकको मेहनतलाई सर्लप्पै नोक्सान पुर्याउने गरेको छ’ एक कृषकले भने । बेनी नगरपालिका वडा नं २ ज्यारुमककोट र भकिम्ली क्षेत्रमा असिनापानीले असर गरेको छ । ज्यारुमककोटको माथिल्लो क्षेत्रमा समेत असिनाले अन्नबाली नष्ट गरेको स्थानीयले बताएका छन् । गतबर्ष समेत ज्यामरुककोट र भकिम्ली क्षेत्रमा पोकेको धान असिनापानीले नष्ट गरेको थियो ।

Leave a Reply