असिना पानीले रुवायो किसान, चट्याङबाट एकको मृत्यु १४ घाइते

0

बागलुङमा सोमबार दिउँसोदेखि परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबाली नष्ट गरेको छ ।जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत क्षेत्रमा परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन् । लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो ।

असिनाले थिचेर खेतबारीमा भित्राउने बेलाको गहुँ, भर्खरै उम्रिँदै गरेका मकै, जौ, फापरलगायत अन्नबाली नष्ट गरेको काठेखोला गाउँपालिका-२ का किसान बिक्रम शर्माले बताए । केही दिन यता हावाहुरीसहित परेको असिना पानी र चट्याङका कारण बागलुङ धेरै प्रभावित बनेको छ । पछिल्लो १५ दिन यता चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको जल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

Leave a Reply