मंगलबार मात्रै ११ जनामा संक्रमणको पुष्टि,सङ्ख्या ४२ पुग्यो

0

नेपालमा एकैदिन ११ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार नेपालमा मंगलबारमात्रै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र काठमाण्डौस्थित केन्द्रिय प्रयोगशालामा तीनजनामा संक्रमण भेटिएको हो । धरानमा परीक्षण गरिएका ८ जना पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित नुरी मस्जिद र अगावैदण्दीगढि नगरपालिका ५ सिवाहीस्थित मस्जिद गएका मुस्लिम समुदायका व्यक्तिहरु हुन्।

अहिलेसम्म संक्रमित पुष्टि भएका ४२ जना मंगलबार साँझ ६ बजेभन्दा पहिले परिक्षण सकिएका हुन तर निरन्तर परिक्षण भईरहेको र केहि थप रिपोर्ट पोजेटिभ देखिएपनि उनिहरुबारे अहिलेसम्म मन्त्रालयले औपचारिक  पुष्टि गरेको छैन ।  स्वास्थ्य मन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार संक्रमितको सङ्ख्या बढि हुने अनुमान छ । आज संक्रमित भेटिएकामध्ये ९ जना पुरुष हुन भने दुईजना महिला संक्रमित  छन । संक्रमितहरुको उमेर १८ वर्षदेखी ५८ वर्षसम्मको छ ।  Source: tvannapurna.com

Leave a Reply