दुई नर्सको आरडिटी पोजेटिभ, नमुना पीसीआर परीक्षणमा पठाइयो

0

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको आशंका गरिएको छ । केन्द्रीय कारागार अस्पतालका दुई नर्सको आरडिटी परिक्षणमा पोजेटिभ देखिएपछि यस्तो आशंका गरिएको हो । उनीहरुको टेकु अस्पतालको आइसोलेसनमा छन  र उनिहरुको नमुना पीसीआर परीक्षणका लागि पठाइएको छ ।

सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो ।  –र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले पुष्टि गरेको छ । Source: Tvannapurna.com

Leave a Reply