अस्ट्रेलियाको एडमण्डसन पार्कमा निजी सवारीसाधनको ठक्करले एक म्याग्देलीको ज्यान गएको छ । मंगलबार विहान साढे ५ बजे मर्निङ वाल्कमा निस्किएका जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोबा घर भएका गोपाल गर्बुजा पुनलाई गाडीले ठक्कर दिएर घटनास्थलमै मृत्यु भएको मोना अस्ट्रेलियाका मिडिया संयोजक एवम् मोना आइसीका आकस्मिक कोषका सदस्य हिक्मत श्रेष्ठले बेनीअनलाइनलाई बताए ।‘कोरोनाको सन्त्रास बिच एक म्याग्देलीलाई गुमाउनुपरेको छ,‘अनुसन्धान भइरहेको छ’ श्रेष्ठले भने । उनका अनुसार घटनाका बारेमा मोना अस्ट्रेलियाका अध्यक्ष मुक्ती रोकाले परिवारमा समेत पुगेर जानकारी लिएको बताए । एडमण्डसन पार्क क्षेत्रमा नेपालीहरुको बस्ती छ । कोरोनाले अन्तराष्ट्रिय उडान नै अवरुद्ध भएको अवस्थामा नेपालबाट जान नसक्ने भएकाले दोबाबासीका साथै म्याग्देलीको उपस्थितीमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि अन्तेष्टी गरिने जनाइएको छ । ठक्कर दिने सवारीधनी नेपाली नै भएको बताइएपनि थप जानकारी प्राप्त हुन सकेको छैन् ।

विज्ञापन