अध्यादेश फिर्ता गर्नुको विकल्प नरहेको नेकपाका ६ सचिवालय सदस्यको निष्कर्ष

0

नेपाल कम्युनिष्ट पार्टी -नेकपा_का अध्यक्ष पुष्पकमल दाहालसहित ६ जना सचिवालय सदस्यको बिहीबारको भेलाले स्थायी कमिटी बैठक बस्नुपर्ने निष्कर्ष निकालेको छ । उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा भएको अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताहरु, माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको भेलाले स्थायी कमिटी बैठक बस्नुपर्ने निष्कर्ष निकालेको हो ।

यसै विषयमा पत्रमार्फत् हिजो अध्यक्षद्वयलाई बीस जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग पनि गरेका थिए । समग्र परिस्थितिको समीक्षा गर्न र आगामी कार्यभार तय गर्नका लागि सचिवालयको र स्थायी कमिटीको बैठक बस्नुपर्छ भन्ने कुरा भएको जानकारी गराइएको छ ।

त्यस्तै, सरकारले ल्याएको अध्यादेश पनि अविलम्ब फिर्ता हुनुपर्छ भन्ने माग गरिएको जनाइएको छ ।संविधानको मूल्य र मान्यता विपरित सरकारले अध्यादेश ल्याएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली पनि सकरात्मक भएको बताइएको छ । Source: New24nepal.tv

 

Leave a Reply