कोरोनाका कारण सरकारले विश्व बैंक समूहबाट १२ अर्ब ऋण लिने

0

नेपालले विश्वबैंक समूहबाट १० अर्ब डलर(१२ अर्ब रुपैयाँ) ऋण लिने निर्णय गरेको छ। विश्व बैंक समूहबाट सो ऋण लिनका लागि नेपाल सरकारले वार्ता टोलि गठन गर्न अर्थमन्त्रालयलाई स्वीकृति दिएको छ।

वैशाख ८ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्। कोरोना महामारीका कारण सरकारी दायित्व एकातिर बढ्ने र अर्कोतिर राजश्व संकलन ठप्प भएपछि सरकारले वैदेशिक ऋण तथा सहायता लिने रणनीति बनाएको छ।

यसअघि नै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आउने शोधानन्तर सन्तुलन कायम गर्नका लागि आउने ऋणलाई पनि बजेटरी खर्च गर्न पाउनेगरी सम्झौता गर्ने तयारी गरिरहेको छ।

कोरोना रोकथामका लागि आपतकालिन सहयोग अन्तर्गत सरकारले विश्व बैंक तथा एसियली विकास बैंकबाट सायता पाइसकेको छ। सरकारले बजेटरी रुपमा खर्च गर्न पाउनेगरी सहुलियत ऋणका लागि एसियाली विकास बैंकसँग पनि प्रस्ताव गरेको छ। Source: setopati

Leave a Reply