झापाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि : संक्रमितको संख्या ४९

0

झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। शुक्रबार धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दमक बस्ने ती पुरुषलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। उनको विषयमा थप विवरण आउन बाँकी छ। बिहीबारसम्म नेपालमा ४८ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये १० जना निको भएका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply