अन्नपूर्णको क्वारेन्टाइन ५० बेडको बनाइने, बिना अनुमति आवतजावतमा कडाई

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी शनिबार बसेको कार्यपालिकाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष डम बहादुर पुनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भित्र प्रवेश गर्ने सवारीसाधनहरूको निगरानीलाई थप कडा बनाउने,बेनी–जोमसोम सडकखण्ड अन्तरगत महभिरको पुलमा अनुमति प्राप्त सवारी साधन वाहेक अन्य सवारी साधानलाई प्रवेश दिइने निर्णय गरेको प्रमुख प्रशासकीय अधिृकत नविन सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार वडा नं २ भुरुङ तातोपानीस्थित सर्वोदय माविमा स्थापना गरिएको क्वारेन्टाइनको क्षमता वृद्धि गरी कम्तिमा ५० बेड क्षमताको बनाउने, बाहिरि जिल्लाबाट गाउँपालिकामा भित्रिने सबैलाई अनिवार्य १४ दिनको क्वारेन्टाइनमा राख्ने, फिबर क्लिनिक, स्वास्थ्य चेकजाँचमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय समेत भएको छ ।

निर्णय अनुसार विभिन्न क्वारेन्टाइनमा भुरुङका वडा अध्यक्ष ओम प्रसाद फगामी र सवारीसाधन आवतजावतमा वडा नं ७ हिस्तानका अध्यक्ष गम बहादुर फगामीको संयोजकत्वमा समिति समेत बनाइएको छ ।

Leave a Reply