बेलायतमा थप अर्का भूपू गोर्खा सैनिकको ज्यान गयो

0
 बेलायतमा रहेका थप अर्का एक नेपालीको पनि ज्यान गएको छ । नेपालीको स्थायी ठेगाना गोरखा भएका भूतपूर्व गोरखा सैनिक समेत रहेका शंकर गुरुङको शनिबार ज्यान गएकासे हो ।

पारिवारिक स्रोतका अनुसार उनलाई पछिल्लो केही दिनयता कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएको थियो । तरपनि उनी आफ्नो कममा जाने गरेका थिए । ५४ बर्षका गुरूङलाई उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

कोरोना भाइरससँग मिलजुल लक्षहरु देखिएपनि उनले नियमित खाँदै आएका औषधि भने प्रयोग गर्दै आएका थिए । कामबाट फर्किदै गर्दा उनी एक्कासी लडेको र स्थानीयले प्रहरीलाई खबर गरेपछि एम्बुलेन्स आईपुग्दा उनको ज्यान गइसकेको बताइएको छ ।

उनी ‘२११६६८४८’ आर्मी नम्बर भएका ‘क्वीन्स गोर्खा सिग्नल्स’ का अवकाश प्राप्त सैनिक हुन् ।उनीमा कोरोना भाइरसको संक्रमण थियो या थिएन भन्नेबारे अस्पतालको रिपोर्ट पश्चात थाहा हुने बताइएको छ ।

मृतक गुरुङका श्रीमती र २ छोराहरु बेलायतको अक्सफोर्डमा रहेपनि उनी भने लण्डनको नर्थहोल्टमा बस्दै आएका थिए । उनको नेपालमासमेत श्रीमति र छोरी रहेको बताइएको छ । हालसम्म बेलायतमा दुई दर्जनभन्दा बढी गैरआवाशिय नेपालीको ज्यान गइकेको तथ्याङ्क रहेको छ । जसमा १२ भन्दा बढी भूतपूर्व गोर्खा सैनिक रहेका छन् ।

Leave a Reply