लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

0

गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासबिना कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो । हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्दारका लागि केही दिन सवारी साधनलाई साँझको समयमा अनौपचारिक रूपमा केही खुकुलो गराइए र आजसम्म अधिकांशको उद्दार भइसकेकोले सवारी साधन सञ्चालनमा कडाइ गरेको मन्त्रालयको भनाइ छ ।

Leave a Reply