बस्दा–बस्दा वाक्क लागेपछि बेनीका एक यूवाले फेसबुकमा गु्रप च्याट बनाई लुडो क्लव खोले । २० जना जोडिएको क्लवमा दैनिकजसो संख्या थपिदै गएको छ लकडाउनले आफ्ना नियमित काम समेत बन्द भएपछि क्लवमा विभिन्न क्षेत्रमा आवद्ध रहेकाहरू जोडिएर खेलमार्फत समय कटाउन गरेका छन् ।

प्रत्यक्ष भेटेरै मोवाइलबाट खेल्ने गरेका यूवाहरूको लुडो क्लवले लकडाउनको सदुपयोग गरेको अनिल पौडेलको भनाई छ । ‘फुर्सदको समयलाई लुडो खेलेर विताउने गरेका छौ,‘लकडाउनमा बाहिर जानुभन्दा अनलाइनमै खेल खेल्ने गरेको छु’ पौडेलले भने । आफ्नो नियमित जिम्मेबारी अनुसारको काम सकेपछि साथीहरूसँग केहीबेर लुडो खेलेर विताउने गरेको बेनीकै नरेश श्रेष्ठले बताए ।

लकडाउनको समयमा सामाजिक कार्यमा समेत ब्यस्त भएका श्रेष्ठले मोवाइल पसल बन्द भएको अवस्थामा घरमै बसेर अनलाइनबाट मिटिङ, नियमित घरायसी कामसँगै अनलाइन खेलमा समेत समय दिने गरेको बताए । उनले लकडाउनको अवधिमा लायन्स क्लवका विभिन्न कार्यक्रममा समय दिएपनि पछिल्लो समय घरमै रहेकाले फुर्सदको समय सदुपयोग गर्ने गरेको बताए ।

एकजमनामा निकै लोकप्रिय भएपनि हराइसकेको लुडो अनलाइनमा समेत खेल्न मिल्ने भएपछि लकडाउनको समयमा अनलाइन लुडो निकै लोकप्रिय बनेको छ । आफ्नो मोबाइलमै बसेर विभिन्न ठाउँमा रहेका साथीहरूसँग खेल्ने खेलमध्ये लुडो सजिलो र निकै प्रतिस्पर्धात्मक हुने खेलमा सहभागीको भनाई छ ।

अनलाइनमार्फत लुडोमा पैसा बाजी खेलेर अनलाइन बैंकिङ सेवामार्फत पैसा पठाउने समेत गरेका छन् । न्यूनतम ५० देखि १ हजारसम्म बाजी खेल्ने गरेको बेनीका एक यूवाले बताए । लकडाउनमा फुर्सदिलाले खेलसँगै पुस्तक पढ्ने तथा अन्य रचनात्मक कार्यहरु समेत गर्ने गरेको छन् ।