लकडाउनको समय सार्वजनिक बिदासरह, काम नभए पनि तलब भत्ता पाउने

0

सरकारले लकडाउनको समयलाई सार्वजनिक बिदासरह मान्ने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार गत चैत ९ गते र त्यसपछिका मितिमा जारी भएका आदेश अनुरुप यो अवधिलाई सार्वजनिक विदासरह मानेर सो अवधिमा श्रमिकले खाइपाई आएको तलब भत्ता पाउने व्यवस्था गरेको हो ।

सोमबार राजपत्रमा प्रकाशित भएपछि यो लागु भएको छ । लकडाउनको समयमा पनि कार्यालयमा उपस्थित भएर काम गर्नुपर्ने कर्मचारीलाई सार्बजनिक बिदा सरह नै अतिरिक्त सेवा सुविधा उपलब्ध गराइनेछ ।

Leave a Reply