बागलुङमा लकडाउन थप कडाई

0

शिब बोहोरा/सरकारले पाचौं पटक लकडाउन गरेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले थप कडाइ गर्न थालेको छ ।
सरकारले बैसाख २५ गते सम्मलाई ‘लकडाउन’ जारी गरेपछि बागलुङमा पनि कडाइ गर्न थालिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्नका लागि सरकारले बैसाख २५ गतेसम्म लकडाउन जारी गरि थप कडाई गर्न निर्देशन गरे अनुरुप बागलुङमा पनि कडाई गर्न थालिएको हो ।
बागलुङका कोरोना संक्रमित २ जना निको भएर घर फर्किएको केहि दिन लकडाउन फितलो भएको गुनासो आउन थालेपछि र निर्वाध रुपमा सवारी साधन र मानिसहरु बाहिर हिडडुल गर्न थालेपछि लकडाउनलाई कडाई गर्न थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिनुभयो ।
लकडाउनलाई प्रभावकारी बनाउनका लागि बजारमा बिना कारण हिड्नेहरुलाई पक्राउ गरिएको र आगामि दिनमा पनि थप कडाई गर्दै जाने प्रहरी उपरिक्षक भट्टले बताउनुभयो ।

अति आवश्यकीय खाद्य बस्तु र तरकारी पनि व्यापारीलाई घरघरमै लगिदिन आग्रह गरिएकाले बाहिर ननिस्कन अनुरोध गर्दापनि अटेर गरि बाहिर निस्कनेलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।
२-३ जना मिलेर हिड्न थालेपछि प्रहरीले सोमवार ६३ जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरेर छाडेको भट्टले बताउनुभयो ।
उनिहरुलाई धौलागिरि बहुमुखी क्याम्पस परिषरमा केहि समय राखि लकडाउन र कोरोना भाइसर संक्रमणका वारेमा सम्झाई बुझाई गरेर छाडेको उल्लेख गर्दै उहाँले अगामि दिनमा थप कडाई गर्ने बताउनुभयो ।
उनिहरुलाई कोरोना भाइरसले मानव जिवनमा पार्ने असर, यसवाट बच्नका लागि सरकारले लागु गरेको लकडाउनका वारेमा जानकारी दिई घरमै सुरक्षित बस्न र बाहिर ननिस्कन अनुरोध गरिएको प्रहरी उपरिक्षक भट्टले बताउनुभयो ।

Leave a Reply