नेपालमा नयाँ प्रजातिको सर्प भेटियो

0
नेपालमा  नयाँ  प्रजातिको सर्प  फेला परेको  छ ।  सुकेको  लहरा जस्तै  रङको  उडुवा नयाँ  सर्प  नेपालमा  पहिलोपल्ट  फेलापरेको हो ।  शुक्लाफाँटा  राष्ट्रिय  निकुञ्जमा फेलापरेको   यस   सर्पको   नाम शनिबार    लहरे    सर्प    भनेर राखिएको सर्पविज्ञ करण शाहले जानकारी दिए। यो  नयाँ  सर्पसँगै  अब नेपालमा    ८३    प्रजातिका सर्प  पुगेका  छन†,  जसमा  १७ प्रजातिका  सर्प  बढी  विषालु रहेको  उहाँको  भनाइ  छ ।  यो नयाँ  सर्प  विश्वमै  पहिलोपटक भारतमा  फेलापरेको  थियो ।
त्यसपछि नेपालमा   सरीसृप   वर्गको   अध्ययनका क्रममा फेला परेको हो ।उनका  अनुसार  यो  सर्प  कडा  विषालु  हुन्न । मान्छेका  लागि  त्यति  खतरनाक  हुन्न ।  टोकिहालेमा सानो  घाउ  हुन्छ ।  सुनिन्छ  तर  मान्छे  मर्दैन ।  उहाँले áसुकेको  लहरा  जस्तो  देखिने  यो  सर्प  रुखमै  बस्छ, साना  चराचुरुङ्गी  र  चराका  बच्चालाई  आफ्नो  विष प्रयोग  गरेर  मार्छ  र  खान्छ ।  यो  लहरे  सर्प  समूूहको दोस्रो  उपवर्गको  सर्पमध्ये  पर्छ ।

 

यसअघि  यही  गुण भएको  हरियो  रङको  सुगा  सर्प  नेपालमा  रहेको छ ।  यसको  टाउको  चुच्चो  परेको  खैरो र  हरियो,  लामो  मसिनो  आकारको  र बच्चा जन्माउने प्रजातिमा पर्छ ।सन् २०१७ को जनवरीदेखि सन्  २०१९  को  सेप्टेम्बरसम्म शुक्लाफाँटा  राष्ट्रिय  निकुञ्जमा भएको    अध्ययनका    क्रममा लहरे   सर्प   फेलापरेको   हो ।

त्यस  निकुञ्जका  प्रमुख  संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल र रेन्जर यामबहादुर रावत एवं राष्ट्रिय प्रकृति  संरक्षण  कोषका  अध्यता  डा. नरेश  सुवेदी  र  कोषका  संरक्षण  अधिकृत सन्तोष भट्टराई अध्ययनमा सहभागी थिए। नेपालमा   भएको   अध्ययनको   प्रकाशन   भने अन्तर्राष्ट्रिय  जर्नलमा  आइतबार  मात्र  भएको  अध्यता सन्तोष भट्टराईले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ।

Leave a Reply