म्याग्दी उवासंघले २ लाखभन्दा बढीको मेडिकल र खाद्यान्न सहयोग

0

जिल्लामा कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा समन्वयमा सघाइरहेको म्याग्दी उद्योग वाणिज्य संघले २ लाखभन्दा बढीको मेडिकल र खाद्यान्न सहयोग गरेको छ।

जिल्लाका ६ वटै स्थानीय तह र बेनी अस्पताललाई एन ९५ मास्क, स्यानिटाइजर र मेडिकल मास्क कुल १ लाख ३७ हजार २ सय बराबरको र मंगला गाउँपालिकालाई इकाई समितिको समन्वय गरी ६५ हजार ७८० बराबरको खाद्यान्न साम्रागी सहयोग गरिएको संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

‘कोरोनाको रोकथाममा निरन्तर सक्रिय छौ,‘आवश्यकता अनुसार भविस्यमा पनि निरन्तर सहयोग गर्नेछौ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागी कोभिड १९–म्याग्दी कमाण्ड पोष्टको सदस्यको हैसियताबाट समेत विभिन्न गतिविधिहरुमा सक्रियतापूर्वक सहभागी भइरहेको छ ।

जिल्लामा खाद्यान्न तथा अन्य साम्रागीको कृतिम अभाव हुन नदिन संघले सक्रियतापूर्वक प्रशासनसँग समन्वय गरी अनुगमन गरिरहेको छ। संघले स्थानीय तहसँग समन्वय गरी खाद्यान्नको आपूर्ती लगायत विभिन्न सहयोगमा समेत निरन्तर सम्पर्कमा रहेको संघको सचिवालयले जनाएको छ।

Leave a Reply