बेनीका दुर्गाप्रसादले तीनदिनमै हावाबाट बिजुली उत्पादन गरे

0

केहीबर्ष अगाडी कालीगण्डकी नदीबाट ट्रवाईन जडान आफ्नै सिप र प्रविधि उपयोग गरी दुईसय किलोवाट विद्युत उत्पादन गरी बेनीबजारमा प्रयोग गरेर चर्चामा आएका बेनीका दुर्गावहादुर श्रेष्ठले लकडाउनको फुर्सदलाई सदुपयोग गदैं हावाबाट बिजुली उत्पादन गर्ने प्रयास समेत सफल भएको छ ।

बेनीमा कोरोना भाइरसको संक्रमणबाट जोगिन स्थानीय विभिन्न संघसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा समेत जुटेका श्रेष्ठले आफ्नै उर्जा प्रविधि सेवा केन्द्रभित्र हावाको सहायताबाट विद्युत निकाल्न सफल भएको बताए ।

‘सधै हावा लागिरहेन ठाउँ हो,‘परीक्षणको रुपमा प्रयास गरेको थिए सफल नै भए’ श्रेष्ठले बेनीअनलाइनलाई भने ।उनले तत्काल १० वटा बल्भ बाल्न मिल्ने गरी विद्युत उत्पादन गरेको बताउँदै आवश्यक प्रविधिको प्रयोग गरेमा एउटा एरियालाई नै पुग्ने गरी विद्युत निकाल्न सकिने बताए ।

करिव तीनदशक देखि उर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले म्याग्दीका विभिन्न लघु जलविद्युत सहित जिल्ला बाहिरका परियोजनामा समेत आफ्नो सीपलाई प्रयोग गरिसकेका छन् । उनले क्षमतालाई थप विस्तार गरी जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलका साथै आवश्यक पर्ने स्थानमा प्रचारप्रसार तथा हेर्नका लागि समेत राख्ने योजना रहेको बताए।

आफ्ना ब्यक्तिगत लगानीमा तयार गरेका श्रेष्ठले आवश्यक अनुदान प्राप्त गर्न सकेमा एउटा नमुना परियोजना नै तयार गर्न सक्ने बताए। धेरै हावा चल्ने स्थानम सहज हुने भएकाले विभिन्न स्थानको अवलोकन समेत गरेका छन् ।

उनले परीक्षणका रुपमा आफ्नै उद्योगको पछाडी राखेका छन् । उनको सीपलाई बेनीका यूवाहरुले समेत प्रयोग गर्न सकिने भन्दै तत्काल कुनै ठाउँमा राख्ने योजना बनाए आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत दिएका छन् । हावाबाट विजुलीसँगै मोवाईल चार्ज स्टेशन सहित अन्य विभिन्न परियोजनाहरु समेत जोड्न सकिने उर्जा प्रविधि सेवा केन्द्रले जनाएको छ ।

Leave a Reply