गाजनेमा विपद् व्यवस्थापन कोष

0

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँमा विपद् व्यवस्थापन तथा भलाई कोष–२०७७ स्थापना भएको छ । सोमबार स्थानीयवासीको भेलाबाट कोषको अध्यक्षमा निलकण्ठ शर्मा, उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिवमा खड्कबहादुर खत्री, कोषाध्यक्षमा मिनबहादुर बानियाँ र सहसचिवमा यामबहादुर कार्की रहेका छन् ।

यसैगरी कोषको कार्यसमिति सदस्यहरुमा सीता कार्की, गुमा केसी, सुजन बानियाँ र दिपक बानियाँ चयन भएको गाजनेबाट कोषका अध्यक्ष निलकण्ठ शर्माले जानकारी दिए । उक्त कोषमा हालसम्म कुल एकलाख ७० हजार रुपैयाँ सङ्कलन गरिएको जनाइएको छ ।

गाउँमा पर्न सक्ने प्राकृतिक तथा दैवी प्रकोप र आकस्मिक विपद्का समयमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष शर्माले बताएका छन् । हालै स्थापना गरिएको कोषबाट विपद्मा परेका तथा आकस्मिक बिरामीहरुलाई सहयोग गर्ने जनाइएको छ । कोषमा गाजनेका स्थानीयवासीले स्वच्छिक रुपमा आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply