बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण

0

बहराइनमा एकैदिन ७७ जना नेपाली कामदारमा कोरोना भाइरसका संक्रमण भएको पुष्टि भएको छ ।यो सँगै बहराइनमा कोरोना संक्रमित हुनेको नेपालीको संख्या एक सय २६ पुगेको छ । यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास अनुसार उनीहरु चारवटा कम्पनीमा कार्यरत थिए ।

उनीहरुले एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्थे ।सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि राजदूत सुन्दास जानकारी दिनुभयो ।अहिलेसम्म बहराइनमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ८ सय ११ पुगेको छ । ८ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय १० जना पूर्णरुपमा निको भइसकेका छन् ।

Leave a Reply