ओम्नीकाे सामानमा गुणस्तरकाे प्रश्न उठिरहेका बेला भुक्तानी दिने कसरत

0

स्वास्थ्य सेवा विभागले सम्झौताबमोजिम मेडिकल सामग्री आपूर्ति नगरेको भन्दै कालोसूचीमा राख्ने निर्णय गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई विभागीय मन्त्रालयका अधिकारीले भने राहत दिने कसरत थालेका छन्।

ओम्नीले आपूर्ति गरेका सामानको गुणस्तरमा प्रश्न उठिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु तिनै सामान प्रयोग गरेर भुक्तानी दिने कसरतमा छन्।

ओम्नीले आपूर्ति गरेको कोरोना भाइरस संक्रमण भएनभएको नमुना परीक्षण गर्ने पोर्टेबल पिसिआर मेसिनदेखि ¥यापिड डायग्नोस्टिक टेस्ट किट (आरडिटी) को गुणस्तरमा प्रश्न उठिरहेको छ। तर मन्त्रालयका अधिकारी भने ती सामान प्रयोग गरेर ओम्नीलाई रकम भुक्तानी दिने पक्षमा लागेका छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply