अलपत्र परेकी युवतीलाई काठमाडौं पुर्‍याइदिने भन्दै करणी

0

आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाेँडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् ।सिन्धुपाल्चोक घर भई हाल बाेँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौं पुर्‍याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply