साइबर कसुर गरेकाे आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

0

प्रहरीले साइबर अपराध गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्यसमेत रहेका पत्रकार दीपक पाठकलाई पक्राउ गरेको छ ।उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए । पाठकविरुद्ध हिजो जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो । झापा स्थायी घर भएका पाठकलाई प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको हो । पाठकको कसूरबारे प्रहरीमा जानकारी भने आइपुग्न बाँकी रहेको बताइएको छ ।

Leave a Reply