बैदेशिक रोजगारीको सिलसिलामा खाडीमूलुक यूएईमा रहेका एक म्याग्देलीले कोरोनालाई पराजित गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउपालिका–८काँफलडाँडा घर भएका प्रेम पुर्जाको अन्तिम नमूना परीक्षणको नतिजा नेगेटिभ आएपछि कम्पनीमा फर्किएका हुन् ।

सन् २०१६ देखी युएईको पिएसएस कम्पनिमा सुरक्षा गार्डको रुपमा कार्यरत पूर्जालाई अप्रिल १२ तारिक कम्पनीका अन्य साथीमा कोभिड पोजिटिभ देखिएपछिचेकजाँच उनको रिपोर्ट पनि पोजेटिभ आएको थियो । आबुधाबीको मुसाफामा अन्य विरामीसँगै राखिएको पूर्जा दुई साताको आईसोलेसनको बसाईपछि अप्रिल २९ तारिक अन्तिम रिर्पोट नेगेटिभ आएपछि फर्किएको पूर्जालाई उद्धित गदैं मोना यूएईका संस्थापक अध्यक्ष प्रदिप सुबेदीले बताए ।

‘उहाँले कोरोनालाई जित्नुभएको छ,‘अहिले कम्पनीमै सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ’ सुबेदीले बेनीअनलाइनलाई भने ।कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि पूर्जाले घरमा श्रीमति र आफन्तलाई जानकारी समेत गराएका थिए ।कोरोना पोजेटिभ देखिएपनि शरीरमा कुनै समस्या महसुस नगरेका पूर्जाले आफ्नो दुई हप्ताको अस्पताल बसाईमा कोरोना भाइरसका बारेमा बुझ्ने अवसर पाएको बताए । ‘दुई हप्ताको लडाईपछि घर फर्किएको छु,‘यो बसाईमा मलाई साथ दिने सबैलाई धन्यवाद’ पूर्जाले भने ।

उनले कोरोनाको फोबियाबाट जोगिनुपर्ने बताउँदै पोजेटिभ देखिएपछिको अवस्थामा बलियो मुटु नै सबैभन्दा ठूलो औषधी भएको बताए । अस्पताल बसाईको क्रममा मोना यूएईबाट समेत पटकपटक सम्र्पक र आवश्यकता अनुसारको सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको उनले बताए ।

आफ्नो अनुभव सुनाउँदै पुर्जा 

कम्पनीका केही साथीहरूलाई कोरोना पोजिटिभ देखिएपछि पूर्जाको रिर्पोट समेत पोजेटिभ आएको थियो ।कोरोनाको संक्रमणको लक्षण नदेखिएपनि रिर्पोट पोजेटिभ आएपछि दुई दिन अस्पतालको निगरानीमा बसेपछि जटिल समस्या नभएको अवस्थामा कोभिड पोजिटिभ देखिएका बिरामीहरूलाई राखिने मुसाफामा दुई साता विताए । दुई साताको आईसोलेसनमा बसेका थिए । कोभिड फोबिया अर्थात मलाई कोरोना भएपछि मर्छु जस्तोृ भावना बोकेर हिड्नु नै गलत रहेको दुई साता स्वास्थ्यकर्मीको निगरानीमा देखिएको पूर्जाको अनुभव छ ।

अस्पताल र आइसोलेसन बसाईको क्रममा साथीभाई, परिवारसँग समेत नियमित सम्पर्कमा रहेका पूर्जाले कोरोनाबाट त्रसित भएका परिवारलाई समेत फोनबाट रोगका बारेमा राम्रोसँग जानकारी गराएका छन्। ‘मैले रोगका बारेमा आफ्नो अनुभव सुनाउँदै छु,‘पोजेटिभ रिर्पोट आउँदैमा त्रसित हुनुपर्ने अवस्था छैन्’ उनले भने । सामान्य ज्वरो समेत नआएको अवस्थामा समेत रिर्पोट पोजेटिभ आउन सक्ने सम्भावना रहेको उनको भनाई छ ।

यूएईमा कति म्याग्देलीलाई कोरोना पोजेटिभ ?
रोजगारको लागि आर्कषक गन्तब्य मानिने यूएईमा हालसम्म ४ जना म्याग्देलीलाई कोभिड पोजेटिभ देखिएको छ । मोना यूएईका महासचिव सुवास राम्जालीका अनुसार म्याग्देलीको तथ्याङ्क संकलनको क्रममा हालसम्म चारजना मध्ये पूर्जा अस्पतालबाट फर्किएपनि तीनजना उपचारकै क्रममा रहेको बताए।

‘आवश्यक सबै जानकारी पाउने संयन्त्रमा निगरानी राखिएको छ,‘जोखिम न्यूनिकरणमा समेत सतर्कता अपनाउन अनुरोध गरिरहेका छौ’ राम्जालीले भने। उनले पोजेटिभ रिर्पोट आएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको बताए । मोनाले फारम समेत बनाएर सर्कुलर गरेर युएईमा रहेका म्याग्देलीहरूको अवस्थाको विवरण संकलन गरिरहेको छ । कोरोनाबाट यूके, नेदरल्याण्डमा ज्यान गुमाएका छन् ।

संक्रमितको यकिन तथ्याङ्क नभएपनि कोरोनाको जोखिममा विश्वभर रहेका म्याग्देली समेत रहेकाले सर्तकता अपनाउन अपिल गरिएको मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्कीले बताए । उनले सुरक्षित रहन सर्कुलर समेत गरिएको बताउँदै बिरामी वा उपचारको क्रममा मृत्यु भएमा तत्काल जानकारी गराउन समेत राष्ट्रिय समितिलाई समेत पत्रमार्फत जानकारी गराइएको बताए । चीनको वुहानबाट फैलन शुरु गरेको कोरोनाभाइरसबाट विश्व नै जोखिममा छ ।