बहराइनमा थप ३१ नेपालीमा कोरोनाको संक्रमण, संक्रमितकाे संख्या १५७ पुग्याे

0

बहराइनमा थप ३१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या १५७ जना पुगेको बहराइनमा रहेको नेपाली दूतावास बहराइनले जनाएको छ।यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ। यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ। समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।

Leave a Reply