लकडाउनमा महिला र बालबालिकामाथि यौन हिंसा

0

आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाँेडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् ।सिन्धुपाल्चोक घर भई हाल बाँेडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ ।

(कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौँ पुर्‍याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् ।त्यसअघि बर्दियाकी चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका थिए । नाता पर्ने बालिकालाई फकाई फुल्याई करणी गरेको आरोप पीडितको छ । नेपाल प्रहरीका अनुसार बन्दाबन्दीमा भएका यी तीन वटा करणी अपराधका घटना केही उदाहरण मात्र हुन् । बन्दाबन्दी सुरु भएको ३५ दिन अवधिमा करिब ५८ वटा करणीका अपराध भएका छन् ।

यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बाल यौन दुराचारका १० घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार करणी सम्बन्धी अपराध मानवीय स्वभावसँंग जोडिएकाले अन्य अपराध भए पनि यौनजन्य अपराध र लागूऔषध कारोबार तथा ओसारपसारका अपराध नियन्त्रण भएका छैनन् ।बन्दाबन्दीमा सुदूरपश्चिम प्रदेशको कैलाली र प्रदेश–३ को काभ्रेमा सामूहिक करणी जस्तो जघन्य अपराध भएको जानकारी प्रहरीले दिएको छ ।

लकडाउनको समयमा सबैभन्दा बढी करणी सम्बन्धी अपराध प्रदेश–५ मा भएका छन् । त्यस्तै काठमाडौँमा पाँच, प्रदेश–१ मा १०, प्रदेश–२ मा १०, बाग्मती प्रदेशमा पाँच, गण्डकीमा पाँच, कर्णालीमा आठ र सुदूरपश्चिममा दुईवटा करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् । अपराधमा संलग्न अभियुक्त पीडितको आफन्त तथा नातेदार रहेको पाइएको छ ।मनोविद् कञ्चन कुँवरका अनुसार करणी घटनामा आफन्त तथा नातेदार संलग्न हुनु मानसिक समस्याको उपज हो । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply