कोरोना अपडेट : मृतकको संख्या २ लाख ३९ हजार, कुन देशमा कति ?

0

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार नाघेको छ । मंगलबार बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५६६ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा विश्वभर ५ हजार ६२४ जनाकाे मृत्यु भएकाे छ भने ९४ हजार ५५२ जना नयाँ संक्रमित भेटिएका छन् । याे संगै संक्रमितकाे संख्या ३३ लाख ९८ हजार ४७३ पुगेकाे छ ।

सबैभन्दा धेरै अमेरिकामा २४ घण्टामा एक हजार ८९७ जनाकाे मृत्यु भएकाे छ । याे संगै मृतककाे संख्या ६५ हजार ७५३ पुगेको छ । इटलीमा शुक्रबार २६९ जनाकाे मृत्यु भएकाे छ । याे संगै मृतककाे संख्या २८ हजार २३६ पुगेकाे छ । स्पेनमा शुक्रबार २८२ जनाकाे मृत्यु भइ २४ हजार ८२४ पुगेकाे छ । वेलायतमा शुक्रबार ७३९ जनाकाे मृत्यु भएकाे छ । याे संगै मृतककाे संख्या २७ हजार ५१० पुगेकाे छ ।

फ्रान्समा २४ हजार ५९४, जर्मनीमा ६ हजार ७३६, इरानमा ६ हजार ९१, ब्राजिलमा ६ हजार ४१०, बेल्जियममा ७ हजार ७०३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । विश्वभर १० लाख ८० हजार १५४ निको भइसकेका छन् भने २० लाख ८० हजार ३७० कोरोना संक्रमित उपचार गराइरहेको छन् जसमध्ये ५१ हजार ३५२ को अवस्था गम्भीर रहेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभरका ३४ लाख भन्दा धेरै मानिसमा फैलिसकेको छ । मंगलबार बिहानसम्म विश्वभर रहेका ३४ लाख २७८ जनामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ ।

कोरोना संक्रमणको बिरामीका मृत्युदर १८ प्रतिशत रहेको छ भने निको हुने दर ८२ प्रतिशत रहेको छ । अमेरिकामा मात्रै ११ लाख ३१ हजारभन्दा धेरै संक्रमित छन् । हाल अमेरिकामा उपचाररत ९ लाख ३ हजार ७१४ कोरोना संक्रमित छन् । यसमध्ये १६ हजार ४८१ को अवस्था गम्भीर रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल कोरोनाको संक्रमण विश्वका २१२ देशमा फैलिसकेको छ ।

Leave a Reply