अमेरिकामा कोरोना संक्रमीतको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई प्रयोग सुरु

0

अमेरिकामा कोरोना भाइरस संत्रमीतको उपचारमा औषधि प्रयोग सुरु गरिएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले इबोलाको औषधि रेम्डेसिभिरलाई नै कोरोनाभाइरस सङ्क्रमणको उपचारमा प्रयोग गर्न स्वीकृत दिएसँगै औषधी प्रयो गरिएको हो ।

अबउप्रान्त अमेरिकामा कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ। एफडीएको आपत्‌कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ ।विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका छन् ।

Leave a Reply