लकडाउनमा तल्लोशिख–घिर्वाङ सडक विस्तार

0

सेते तिलिजा÷शिख विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन सरकारले गरेको लकडाउनमा साना–ठूला योजनाहरू प्रभावित भइरहेका छन् । सहरबजार देखि ग्रामिण क्षेत्रसम्म नियमित विकास निर्माणका योजनाहरु समेत रोकिरहेको अवस्थामा लकडाउनको समयमै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–किन्दुवासीले सडक विस्तार गरेका छन् । सामाजिक दुरी कायम गरी तल्लो शिखदेखि घिर्वाङसम्मको २ दशमलव ५ किलोमिटर लामो सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरूङले बताए । उनका अनुसार ४ दशमलव ५ मिटर चौडाइको २ दशमलव ५ किलोमिटर सडक विस्तार गरिएको बताए । कुल १५ लाख ७१ हजार ८७० लागतमा सम्पन्न भएको सडक गाउँपालिको ८ लाख २५ हजार बजेटमा तल्लो शिखबस्तीबाट ४ लाख, शिखदेउराली बस्तीबाट ५० हजार, पाउद्वार बस्तीबाट १ लाख, किन्दु बस्तीबाट ५० हजार रुपैयाँ लगानीको सडकमा उपभोक्ता समितिबाट १ लाख ४७ हजारबराबरको श्रमदान गरिएको वडा अध्यक्ष दिनेश कुमार तिलिजाले बताए । ‘लकडाउनमा समुदायको सक्रियताबाट उत्साहित छौ, ‘विकास निर्माणमा समुदायको सहभागिता उत्साहजनक छ,‘श्रमदानले सडक अगाडी बढाउन सहज भयो’ अध्यक्ष तिलिजाले भने । सडक विस्तारले शिख, किन्दु, झारबाङ र पाउद्धार बासिन्दालार्इ आवतजावतमा सहज भएको छ । सडकबाट करिब १ सय ३० घरधुरी लाभान्वित हुनेछन् ।

Leave a Reply