वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय

0

काठमाडाैं, वैशाख २० : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका हुन्। पार्टी स्थायी कमिटीको बैठकअघि २४ गते पनि सचिवालय बैठक बस्ने निर्णय गरेको समेत उनले उल्लेख गरे।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको प्रवक्ता श्रेष्ठको भनाइ छ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाउँदै उनको राजीनामा माग गरिएको थियो। ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम एक ठाउँ उभिएका थिए।

Leave a Reply