विश्वका ४ मुलुकले जिते कोरोनाविरुद्धको संघर्ष

0
विश्वका शक्तिशाली मुलुक कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनिरहँदा विश्वका चार मुलुक कोरोनाविरुद्धको लडाइ जित्न सफल भएका छन् । फल्कल्याण्ड आइसल्याण्डसँगै विश्वका चार मुलुक कोरोना संक्रमण मुक्त भएका हुन्। शक्तिशाली मुलुकमा कोरोनाको संक्रमण फैलिरहँदा विश्वका फल्कल्याण्ड आइसल्याण्डसँगै, अङगुइल्ला, ग्रीन ल्याण्ड र सेन्ट बार्थ ‘ग्रीन जोन’मा पर्न सफल भएका हुन् ।

फल्कल्याण्ड आइसल्याण्डमा १३ जना कोरोना संक्रमित रहेकोमा सबै जना निको भएर घर फर्किएका छन् अङगुइल्लामा ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएकोमा हाल तीनै जना निको भएर घर फर्किएका छन् ।अर्को मुलुक ग्रीनल्याण्डमा ११ जनामा कोरोनाको संक्रमण देखिएकोमा सबै उपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै सेन्ट बार्थमा ६ जनामा कोरोना देखिएकोमा सबैको सफल उपचार भएको छ ।

कोरोना विरुद्धको औषधी पत्ता नलागिसकेको अवस्थमा यो सबैका लागि सुखद् समाचार पनि हो । कोरोनाविरुद्धको औषधिविना नै यी मुलुकहरुमा कोरोना संक्रमित सबै बिरामीहरु निको भएर घर फर्किएका छन् ।यसअघि सेन्ट लुसियामा कोरोना संक्रमित १५ जना निको भएर घर फर्किए पनि हाल थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ हालसम्म कोरोना संक्रमितको संख्या १७ पुगेको छ । २ जनाको उपचार भइरहेको छ ।Source: khabarhub.com

Leave a Reply