भ्रमपूर्ण समाचारप्रति वडाअध्यक्ष जिसीद्वारा खेद प्रकट

0

केही संचारमाध्यमले आफूविरुद्ध भ्रमपूर्ण प्रचारबाजी गरेर चरित्र हत्या गर्न खोजेको भन्दै जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङका वडाअध्यक्ष हरिविकाश जिसीले अफवाह फैलाउने पत्रकार र संचारमाध्यमकाप्रति खेद प्रकट गर्नुभएको छ । वडा अध्यक्ष जिसीले शनिवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा कसैले दिएको तथ्यहीन सूचनालाई आधार बनाएर केही रेडियो र अनलाइनले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ती जनाउनु भएको हो ।

‘म सँधै गाउँको विकास र सामाजिक न्यायकाप्रति पूर्ण निष्ठा र ईमान्दारिताका साथ लागेको छु । बन कार्यालयको हवाला दिएर जुन विषयमा मलाई आरोपित गरिएको छ । म त्यो आरोप प्रमाणित गर्न बन डिभिजन कार्यालय पर्वत र गलत प्रचारप्रसार गर्ने संचारमाध्यमलाई चुनौति दिन चाहन्छु ।’- वडाअध्यक्ष जिसीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

मालारानी बन उपभोक्ता समितिको आम भेलाले निर्णय गरि काठ लिन बोलाएर आफू गएको तर डिभिजन बन कार्यालयबाट समेत केही प्रक्रिया पु¥याउनुपर्ने भएपछि आफू काठ नल्याइ बाटोबाटै फर्किएको वडाअध्यक्ष जिसीले वताउनु भयो । उहाँले प्रक्रिया पु¥याएर मात्रै ल्याउन चाहेको बिषयलाई अनर्गल प्रचार गरि भ्रम सिर्जना गरेको वताउनु भएको छ । यता बरामद गरिएको भनेर प्रचार गरिएको कुरा सत्यहीन भएको मालरानी बन उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर जिसीले जानाकारी दिए ।

सामुदायिक बन उपभोक्ता समूहले काठ आफूहरुसँगै भएको वताएको छ ।यता डिभिजन बन कार्यालय पर्वतका प्रमुख अशोककुमार श्रेष्ठले बनमा आफूलाई पुगेर बढि भएको, बनमा खेर गएका काठहरू वा ढलेर भाँचिएका रूखहरु उपभोक्ता समितिले निर्णय गरेर विक्री वितरण गर्न पाउने जानकारी दिनुभयो ।

Leave a Reply