रोजगारीका लागि बहराइन पुगेका दुईजना म्याग्देली कोरोना भाइरसबाट संक्रमित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ बहराइनले नेपालीमा कोरोना भाइरस संक्रमणको जोखिम दिनदिनै बढेकोे अवस्थामा दुई म्याग्देली यूवामा कोरोनाको पुष्टी भएको जनाएको छ। संक्रमितको ठेगाना गोप्य राखिएको छ । ‘म्याग्देलीपनि कोरोनाबाट प्रभावित छन्,‘यो संख्या बढ्न सक्छ’ अध्यक्ष लोकबहादुर राम्जालीले बेनीअनलाइनलाई भने ।

कम्पनीको काममा एउटै बसमा आवतजावत गर्न कामदारहरूबाट संक्रमणको जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताए ।‘एउटै काममा संगै काम गर्न जाने साथीहरु नै संक्रमित भइरहेका छन्,‘स्वास्थ्य परीक्षण गर्न अनुरोध गर्दा कम्पनीले अटेर गरेको छ’ राम्जालीले भने ।

बहराइनमा संक्रमित र संकास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ । बहराइनमा करिब १ हजार म्याग्देली रहेको अनुमान गरिएकोमा मोनासँग ९ सय ५ जना सम्पर्कमा रहेका छन् । यसैबीच काम कम्पनीमा कार्यरत म्याग्देलीलाई बाहिर घुलमिल नहुन समेत अपिल गरिएको छ ।