७५ पुग्यो नेपालमा कोरोना संक्रमितको सङ्ख्या, एकैदिन १६ थपिए

0

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७५ पुगेको छ । नेपालगंजमा एकैदिन १५ जना संक्रमित भेटिएपछि संक्रमितको सङ्ख्या ७५ पुगेको हो । आजै  यसअघि नौ जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यसलाई स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन ।

यसबाहेक आजै नेपालमा पर्साको बिरगंजमा एकजना संक्रमित भेटिएका थिए ।  स्वास्थ्य मन्त्रालयले  नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको औपचारिक रुपमा सार्वजनिक गरेको भएपनि पछिल्ला ६ जनाको औपचारिक रुपमा जानकारी दिने तयारी गरेको छ । tvannapurna.com

Leave a Reply