डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए : बेलायती प्रधानमन्त्री जोनसन

0
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एकपटक आफुलाई डाक्टरहरुले मृत घोषित गर्ने तयारी गरेको खुलासा गरेका छन् ।बेलायतको प्रतिष्ठित पत्रिका द सनलाई दिएको एक अन्तर्वार्तामा उनले आफूलाई चिकित्सकहरुले कयौँ लिटर अक्सिजन दिएर बचाएको खुलासा गरेका हुन् । जोनसन ३ हप्ताअघि कोरोनाको उपचार गरेर स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

अखबार ‘द सन’ सँगको कुराकानीमा प्रधानमन्त्री जोनसनले अस्पतालको बसाईको अनुभवबारे बताएका छन् । उनले भनेका छन्, ‘अप्रिल ७ मा सेन्ट थोमस अस्पतालको आइसियुमा पुगेपछि मलाई धेरै अक्सिजन दिइयो । त्यति गर्दा पनि मेरो स्वास्थ्यमा खासै प्रगति देखिएन । म त्यो एकदमै कठिन समयलाई अस्वीकार गर्न सक्दिन । मेरो हालत ठिक थिएन । डाक्टरहरु केह गलत (मृत्यु) भइहाल्यो भने के गर्ने भनेर विकल्पहरुबारे सोचिरहेका थिए ।’

उनले भने, ‘मेरो अवस्था केही दिनमै यति बिग्रियो भनेर म आफैंलाई विश्वास गर्न गाह्रो भयो । मलाई त्यतिबेलाको याद छ कि म निकै निराश भएको थिए । मेरो अवस्था किन सुध्रिरहेको थिएन भनेर मैल बुझ्न सकिन । सबैभन्दा खराब स्थिति त्यतिबेला आयो, जतिबेला ५०–५० को अवस्था देखियो । डाक्टरहरुले मेरो विन्डपाइप मुनि एक ट्युब राखेका थिए । मैले त्यसबेला सोचेकी यस रोगका लागि कुनै औषधी छैन र कुनै उपचार पनि छैन । म कसरी यो रोगबाट ठिक हुँला भन्ने सोच आइरह्यो ।’

उनले निको भएर आइसकेपछि आफुलाई भाग्यमानी ठाठेका छन् । उनले भने, ‘म धेरै भाग्यमानी हुँ, किनभने मलाई अहिले ठिक भएको छ तर म जस्तै रोग लागेका अझै धेरै पीडितहरु उपचारमै छन् ।’कोरोना भाइरसबाट सङ्क्रमित भई उपचारपछि निको भएका उनी गत सोमबारदेखि नियमित काममा फर्किसकेका छन्।

५५ वर्षीय जोनसनमा २६ मार्चमा कोरोना संक्रमणको लक्षण देखा परेको थियो । त्यसलगत्तै उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा बसेर पनि अवस्था सुधार नभएपछि उनी लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । उनी १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज हुनुअघि ९ अप्रिलसम्म आइसियुमा रहेका थिए ।

Leave a Reply