चीनबाट खरिद गरिएका ‘आरडीटी’ किटले अन्यौल मात्रै बढायाे

0
कोभिड–१९ पहिचानका लागि आरडीटी किटबाट करिब आधा लाख नमुना परीक्षण भइसके पनि यसको विस्तृत नतिजा सार्वजनिक गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मान्यता नदिएको यो किटको प्रभावकारिताबारे विश्लेषणसमेत भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकमा ४९ हजार ६ सय ८८ नमुना आरडीटीबाट परीक्षण गरिएको छ । ‘आरडीटी किटबाट देशभरि गरिएको नमुना परीक्षण गर्दा कतिवटा रिपोर्ट पोजिटिभ देखियो भन्ने विज्ञहरूले जान्नु आवश्यक छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘तर किटको भ्यालिडेसन (गुणस्तर प्रमाणीकरण) को नतिजासमेत सार्वजनिक गरिएको छैन ।’ विज्ञहरूले भने आरडीटीभन्दा पीसीआर विधिबाट परीक्षण दायरा बढाउनुपर्ने सुझाव सरकारलाई निरन्तर दिइरहेका छन् । सरकारसँग अब करिब २५ हजार आरडीटी किट बाँकी छ ।

आरडीटी किटका विषयमा व्यापक विवाद भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तर प्रमाणीकरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको थियो । उक्त किटबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले समेत अध्ययन गर्ने बताइएको थियो । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य अनुसन्धान परिषद् र प्रदेश ७ का सरकारको संयुक्त प्रयासमा आरडीटी किटको गुणस्तर प्रमाणीकरणसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइए पनि नतिजा सार्वजनिक गरिएको छैन । याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave a Reply