कोरोना महामारीविरुद्ध लड्न सरकारले खर्च गर्‍यो ३ अर्ब ४२ करोड

0
cy{dGqL 8f vltj8fsf7df8f}F, @^ k'; M cy{dGqL 8f o'j/fh vltj8f /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu s'/fsfgL ub}{ . t:jL/M gjLg kf}8]n÷/f;;

कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको जानकारी दिएका हुन् ।

अर्थ मन्त्रालयले एक अर्ब आठ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको मन्त्री खतिवडाले जानकारी दिए । अर्थमन्त्री खतिवडाले कोरोनाविरुद्धको लडाईमा बजेट अभाव हुन नदिएको पनि बताए । लकडाउन लम्बिदै जाँदा सरकारको खर्चमा समेत प्रभाव परेको मन्त्री खतिवडाले समितिलाई जानकारी गराए । चैत मसान्त सम्म कुल चालु तर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात ४ खर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ ।

भन्सार नाकाबाट मासिक लक्ष्यको एक चौथाई मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर, अन्तशुल्क असुलि सबैमा कमि आएको उनको भनाइ थियो । मन्त्री खतिवडाले कोरोना भाइरस रोकथाम कोषमा अहिले सम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र सो रकम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भए अनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको पनि बताए । कोनोरा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिवद्धता पाएको पनि जानकारी दिए ।

Leave a Reply