जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी, दुईको अवस्था गम्भीर

0

घर नजिकैको जंगलबाट ल्याएको जंगली च्याउँ खाँदा तनहुँमा एकै परिवारका पाँच जना विरामी परेका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । सोमबार जंगली च्याउ खाएपछि जिल्लाको देवघाट गाउँपालिका-५ साउने निवासी–४२ बर्षीय कृष्ण भुजेलका परिवार विरामी परेका हुन् ।

बुबा कृष्ण भुजेल र उनका १५ वर्षीय छोरा धनलाल भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको पूरानो मेडिकल भरतपुरमा उपचार भइरहेको छ ।त्यस्तै, ४० वर्षीय श्रीमति गौरी, छोराहरु २१ बर्षीय तीर्थ र १७ बर्षीय मिनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका सई उज्वल चिलुवालले जानकारी दिनुभयो

Leave a Reply