डिस्चार्ज भएका दुईजनामा फेरि कोरोना पोजेटिभ

0

वीरगन्‍जमा नोभेल कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ । चैतदेखि वैशाखसम्म विभिन्‍न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो ।

रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

डिस्चार्ज भएकाहरुलाई एक सातापछि फलोअपमा बोलाइएको र कोरोना जाँच गर्दा दुईजनामा पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।भारतीय मुस्लिम समुदायका एकजनालाई ३० चैतमा र रौतहटका एक किशोरलाई १ वैशाखमा कोरोना पुष्टि भएको थियो ।  अहिले उनीहरु दुबैजनालाई आइसोलेसना राखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

Leave a Reply