जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

0

सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।सरकारले पहिलोपटक चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १७ गते र २५ गते ८–८ दिन थप गरिएको थियो । वैशाख २ गते एकैपटक १२ दिन थप गरिएको थियो ।

चौंथो पटक १० दिन थप गरेको थियो  । मुलुकभित्र कोरोना सङ्क्रमित फेला पर्ने क्रम नरोकिएकाले लकडाउन पुनः १० दिन लम्ब्याइएको हो ।मंगलबार प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुत्त भएको निश्कर्ष निकालेको थियो ।

Leave a Reply