करेन्टले दुवै हात गुमाएका मंगला गाउँपालिका वडा नं २ बावियाचौरका खिमबहादुर पुनलाई मोना बेल्जियमले साढे सत्तरी हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका पुनको आर्थिक अभावकै कारण उपचारमा देखिएपछि मोनाले ६१५ यूरो अर्थात ७८ हजार ६०१ रुपैयाँ हस्तान्तरण गरिएको मोना बेल्जियमका महासचिव प्रदिप थापा ‘सुमन’ ले जानकारी दिनुभयो ।लकडाउनको समयमा करेन्टले गम्भीर अवस्थामा काठमाण्डौको किर्तिपुर अस्पतालमा उपचार गराइरहेका पुनको अप्रेसन सहित औषधी उपचारमा सहयोग संकलन गरी पठाइएको महासचिव थापाले बताउनुभयो । ‘दुवै हात गुमेपछि उपचारमा सहयोग पुग्ने अपेक्षा गरेका छौ,‘ आर्थिक हस्तान्तरणसँगै उक्त अभियान समेत स्थगित भएको छ’ मोना बेल्जिमयका अध्यक्ष योगेन्द्र विकले भन्नुभयो । यसअगाडी समेत विश्व मगर संघ बेल्जियमले ९७ हजार ९३१ रुपैयाँ गरेको थियो । सहयोगलाई नियमित उपचार र औषधी खरिदमा सहयोग गर्ने परिवारले जनाएका छन् ।

सहयोगीहरुको नामवली : 1. योगेन्द्र बि.क -55 यूरो 2. निता बुदुजा पुन -50 यूरो 3. रेनु अधिकारी -50 यूरो 4. हिम देवी बुढाथोकी -50 यूरो 5. प्रेम छन्त्याल -35 यूरो 6. खगेन्द्र पुन – 40 यूरो 7. दिलआले -50 यूरो 8. प्रदिप थापा सुमन – 30 यूरो 9. चन्द्र कार्की -20 यूरो 10. रकेन्द्र घिमिरे – 30 यूरो 11. दिलु श्रीपाली युके – 25 यूरो 12. चन्द्र शर्मा -20 यूरो 13. रुपेल सुशी- 50 यूरो 14. ज्ञान रकाल – 30 यूरो 15. शिव कुमार बरूवाल- 30 यूरो 16. हरी शाही -25 यूरो 17. पुर्णिमा नेपाली -10 यूरो 18. भद्रीकला पुन – 15 यूरो

विज्ञापन