बुद्धका यी वाणी जसले तपाईंको दृष्टिकोण नै बदलिदिन्छन्

0

संसारका मानव जातिका आदर्श पुरुष गौतम बुद्धका अरबौं अनुयायीहरु रहेका छन् । आज भन्दा झण्डै २६ सय वर्ष पहिले नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोटमा जन्मिएका थिए गौतम बुद्ध । बुद्धका कालजयी वाणीहरु छन् जसलाई पढेर र बुझेर हामीले हाम्रो जीवनको बाटो बदल्न सक्छौं । सोच्ने तरिकाको कसीमा हामी कहाँ छौं हाम्रो अवस्था पनि स्पष्ट हुन्छ । यहाँ गौतम बुद्धका चर्चित भनाईहरु प्रस्तुत गरिएको छ-

१. घृणाले घृणालाई कहिल्यै समाप्त गर्न सक्दैन । यो एउटा प्राकृतिक सत्य हो कि प्रेमले मात्र घृणालाई पगालेर जित हासिल गर्न सक्छ ।

२. तपाईले हजारौँ लडाइँहरु जित्नुभन्दा आफूमाथि नै विजय प्राप्त गर्न सक्नुभयो भने मात्रै जितको अनुभव सधैँ गरिरहनुहुनेछ । यसका लागि हामीले आफ्नो मनमस्तिस्कलाई काबूमा राखेर काम गर्न सक्नुपर्छ । म के गरिरहेको छु ? मैले गर्नुपर्ने काम के हो ? भन्ने प्रश्न आफूलाई बारम्बार सोधिरहनुहोस् ।३. सत्यको बाटोमा हिँड्ने मानिसले केबल दुईवटा गल्ती मात्र गर्न सक्दछ । पहिलो गल्ती भनेको आफ्नो पूरा बाटो निश्चित नगर्नु र दोस्रो गल्ती सत्यको यस बाटोको सुरुवात नै नगर्नू । यस बाटोमा हिँड्दा पैदा हुने डर र सङ्कोच क्षणिक मात्र हो भन्ने हामीले बुझ्नुपर्छ ।

४. एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । तरपनि उसको उज्यालो कहीँकतै कम हुँदैन । त्यस्तै जीवनमा खुसी बाँड्दा यसरी नै बढ्छ, कम हुँदैन ।

५. तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।

६. शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ ।

७. सुखी र खुसी हुने एउटै मात्रै तरिका छ । त्यो भनेको भूतकालमा अल्झिएर बस्नुहुँदैन,  भविष्यको सपनामा डुबेर बस्नु पनि हुँदैन र हामीले केबल वर्तमानलाई उपयोगी बनाउनमा ध्यान दिनुपर्छ ।

८. रिस गर्नु भनेको जलिरहेको कोइलालाई अरुमाथि फ्याँक्नका लागि हातमा लिनु सरह हो । त्यसले सबैभन्दा पहिले आफैँलाई जलाउँछ र आफैँलाई पोल्छ ।

९. आफ्नो लक्ष्यमा पुग्नु भन्दा पनि महत्वपूर्ण  भनेको लक्ष्य प्राप्त गर्नुअघि सफलतापूर्वक यात्रा गर्न सक्नु हो । हजारौँ शब्द भन्दा शान्ति ल्याउने एउटा शब्द धेरै शक्तिशाली हुन्छ।

१०. सूर्य, चन्द्रमा र सत्यलाई कसैले लुकाउन सक्दैन ।

  • शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।
  • आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
  • यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।
  • हामी जे सोच्दछौ उँही बन्दछौ ।
  • उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
  • त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।
  • वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
  • लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
  • यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।
  • हमी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।
  • हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो                  यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
  • हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
  • शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।
  • हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
  • मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।
  • हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
  • जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
  • हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै   खुसी  बाढ्दा बढ्ने गर्छ ।
  • आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन ।
  • धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।
  • एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
  • घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।
  • स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा  उत्तम सम्बन्ध हो ।
  • विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख, वर्तमानमा आफ्नो ध्यान लगाउ ।
  • जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

 

Leave a Reply